“बहुधार्मिक” नेपालमा धार्मिक पहिचानलाई जोड्ने सूत्र जान्नका लागि हिन्दूको उपर्युक्त चरित्र सँगसँगै हिन्दू, बौद्ध, किरात, बोन, जैन, प्रकृतिपूजक आदिले नेपालमा सहस्राब्दीयौँदेखि अभ्यास गरिरहेका समावेशी, सामेली, सहजीवी मान्यताको समकालीन अर्थापन गर्नुपर्ने हुन्छ ।