June 05, 2026

देवघाटमा भानुभक्त जयन्ती विशेष कार्यक्रम सम्पन्न

July 13, 2024
1Min Read
1377 Views

नेपाली भाषाको एकीकरण गरेका भानुभक्तको सम्मानमा २११ औँ भानु जयन्ती (२०८१ असार २९ गते ) भव्यताका साथ मनाइएको हो

देश तथा विदेशका विभिन्न स्थानहरूमा आदिकवि भानुभक्तका सम्झनामा कार्यक्रम हुँदै गर्दा देवघाटको महेश संस्कृत गुरुकुलमा पनि कार्यक्रम गरिएको छ । नेपाली भाषाको एकीकरण गरेका भानुभक्तको सम्मानमा २११ औँ भानु जयन्ती (२०८१ असार २९ गते ) भव्यताका साथ मनाइएको हो । कार्यक्रमको संयोजन महेश संस्कृत गुरुकुल अन्तर्गत रहेको महेश छात्र सदनले गरेको थियो । जसमा महेश संन्यास आश्रम तथा महेश संस्कृत गुरुकुलका संरक्षक परमपूज्य मधुसूदनानन्द गिरिजी महाराजको संरक्षकत्व, महेश संस्कृत गुरुकुलका प्रधानाचार्य उपप्रा. फणीन्द्रप्रसाद पौडेलको सभापतित्त्व, महेश संस्कृत गुरुकुल विद्यापीठका प्राचार्य उपप्रा. कमल सुवेदीको प्रमुख आतिथ्य तथा डा. विश्वनाथ धितालको विशिष्ट आतिथ्य रहेको थियो । केही छात्रहरूको भानुभक्तीय रामायण वाचन तथा आचार्यहरूको भानुभक्त सम्बद्ध व्याख्यान समेत उक्त कार्यक्रममा भएको थियो । कार्यक्रमको उद्घोषण यसै गुरुकुलका आचार्य महेश्वर नेपालले गर्नुभएको थियो ।  कार्यक्रमका संयोजकद्वारा प्राप्त जानकारी अनुसार उक्त कार्यक्रममा साना ठुला गरी १६ जनाले विभिन्न लयमा भानुभक्तीय रामायणको वाचन गर्नुभयो । उपप्रा. फणीन्द्रप्रसाद पौडेल, उपप्रा. कमल सुवेदी, आचार्य दीपककुमार सिगदेल र आचार्य सन्तोष घिमिरेले भानुभक्तको जीवनी तथा योगदानका बारेका आफ्ना भावनाहरू राख्नुभयो ।

Images :

Leave a Comment
Comments 1

शिवजी

1 year ago

आहा

logo-img Basistha

All Rights Reserved © 2026 Basistha