वाल्मीकि विद्यापीठले आयोजना गरेको सात दिने संस्कृत सम्भाषण प्रशिक्षण कार्यक्रम आजदेखि सुरु हुँदैछ। लखनऊ विश्वविद्यालयका प्रा.डा. रीता तिवारीको प्रशिक्षकत्वमा हुने यस कार्यक्रममा विद्यापीठका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूलाई सहभागी हुन आग्रह गरिएको छ। कार्यक्रम असार १३ देखि १९ गतेसम्म दैनिक अपराह्न ४ बजेदेखि ६ बजेसम्म विद्यापीठको लघु सभाकक्षमा सञ्चालन हुनेछ।