नै बनेर निर्दयी रुवाइदिन्छु प्रेमिका । म प्रेम, भक्ति, त्याग हुँ, म कृष्ण हुँ म राधिका ॥
नै बनेर निर्दयी रुवाइदिन्छु प्रेमिका । म प्रेम, भक्ति, त्याग हुँ, म कृष्ण हुँ म राधिका ॥
म
छन्द : पञ्चचामर
'म' नै म हुँ भने ममा छ के कमी 'म' नै म हुँ
मनै म हुँ भने ममा छ है कमी मनै म हुँ ।।
म छु भने समाजमा न भन्नु है म हुँ म हुँ ,
'म' चिन्नुपर्छ जिन्दगी चिनिन्छ, गर्छ को म हुँ ।।
म वर्तमान हो र पो भविष्य भूत बन्दछ
म नै प्रकाश पुञ्ज हो प्रभात रात बन्दछ ।
म नै नभैदिएँ भने कहाँ रहन्छ सिर्जना
यहाँ म बाँच्छु, बाँच्दछन् धरा र सूर्य चन्द्रमा ।।
म हेर्छु नेत्रले र पो प्रकाशको छ अस्मिता
कपाट चक्षुका निभे कहाँ छ धर्म सभ्यता ।
म बोल्छु बोल्दछन् सबै सुनिन्छ ती प्रतिक्रिया
म मौन भैदिएँ भने सुनिन्छ के प्रतिक्रिया ।।
हरेक वस्तु वस्तुमा म नै हुँ व्याप्त ईश्वर
ममा सबै, सबै ममा छ व्याप्त यो चराचर ।
प्रभातको प्रकाशमा म मस्किने हिमाल हुँ
सधैँ स्वकीय तालमा छचल्किने म छाल हुँ ।।
म नै बनेर निर्दयी रुवाइदिन्छु प्रेमिका
म प्रेम, भक्ति, त्याग हुँ, म कृष्ण हुँ म राधिका ।
म बुद्ध हुँ र बुद्धु हुँ म शत्रु मित्र भित्र छु
हरेकभित्र टल्कने म नै पवित्र चित्र हुँ ।।
Like
Dislike
Love
Sad
Funny
Wow
Pray
Comments 1
SR Duwadi
wow