कवि प्रदीप रेग्मी
कवि प्रदीप रेग्मी
प्रेममा बोल्नु पर्दैन, बोल्नुको अर्थ छैन क्यै ।
नबोल्दै सब बोलिन्छ, भने के बोल्नु व्यर्थमै ।।
।।१।।
बसे मौन सबै मौन, मौनमै सब सिद्धियो ।
मौनको मौनताभित्र, सबैथोक अट्यो अहो !
।।२।।
आँखाले प्रश्न गर्दिन्छ, आँखाले दिन्छ उत्तर ।
आँखासँग जुधे आँखा, मुखले बोल्नपर्छ र ?
।।३।।
प्रेमीले प्रेमको भाषा, सजिलै बुझ्नुपर्दछ ।
नबुझ्ने प्रेम जान्दैन, बुझ्ने प्रेमी ठहर्दछ ।।
।।४।।
असली प्रेमको भारी, हलुका पो कहाँ छ र ?
जुनमा प्रेमीको चित्र, देख्दैमा प्रेम हुन्छ र ?
।।५।।
Like
Dislike
Love
Sad
Funny
Wow
Pray
Comments 2
Ujjwal Regmi
उत्कृष्ट रचना भाईको
Ujjwal Regmi
उत्कृष्ट रचना भाईको