जिज्ञासा मानवका आधारभूत विशेषताहरूमध्येको एक हो भन्दा अत्युक्ति हुँदैन । जीवनमा आइपर्ने समस्याका समाधानका लागि गरिने प्रयत्न होस् कि थाहा पाउने वा फगत् जान्ने इच्छाले गरिने सोधखोज, अन्वेषण, अनुसन्धान होस् — कुनै न कुनै रूपमा जिज्ञासाले भूमिका खेलिरहेकै हुन्छ । दुःख–जिज्ञासा र सुख–जिज्ञासा । अर्थ–जिज्ञासा र काम–जिज्ञासा । धर्म–जिज्ञासा र ब्रह्म–जिज्ञासा ।

Comments 0