Mahesh sanskrit gurukul
Mahesh sanskrit gurukul
प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले लीलानाथ - विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार २०८० द्वारा महेश-संस्कृत गुरुकुलम्लाई सम्मान गरेको छ।
भानुजयन्तीको अवसरमा वार्षिकरूपमा गरिँदै आएको सम्मान्न कार्यक्रममा विशेष गरेर साहित्यकार र नेपाली भाषा तथा शिक्षा क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने व्यवस्था प्रतिष्ठानको रहेको छ। संस्थापकद्वय डा. नरेन्द्र चापागाईं र दधिराज सुवेदीले २०३९ मा यस प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरको स्थापना गर्नुभएको थियो । कोशी प्रदेशका प्रमुख मा.परशुराम खापुङको प्रमुख आतिथ्यमा रु.५०,०००/- नगद र सम्मानपत्र सहित सम्मान गरिएको हो ।
यस गुरुकुलमा कक्षा ६ देखि आचार्यतहसम्मको पठनपाठन हुँदै आएको छ । वैदिक सनातन धर्मको प्रचारप्रसार, संस्कृत भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले परमपूज्य १००८ डा. स्वामी रामानन्द गिरिजीद्वारा यस गुरुकुलको स्थापना गरिएको हो । त्यसैको फलस्वरूप आजसम्म यस गुरुकुलका विद्यार्थीहरू हरेक क्षेत्रमा अब्बल ठहरिएका छन् ।
Like
Dislike
Love
Sad
Funny
Wow
Pray
Comments 0