नेपालको मध्यभागमा पर्ने तनहुँ, चितवन र नवलपुर गरी तीनवटा जिल्लामा फैलिएको समग्र देवघाटधामको धार्मिक एवम् पर्यटकीय क्षेत्रको समृद्धिका निम्ति सञ्चालित देवघाटधाम गण्डकी परिक्रमा महोत्सव-२०८१भोलि २९ गते बिहिवार बैकुण्ठ चतुर्दशीमा हुँदैछ । नेपाल सन्त समाजको आह्वानमा देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको व्यवस्थापन र समन्वयमा सञ्चालन हुने महोत्सवले देवघाटमा नयाँ सम्भाव्यताको ढोका खोल्न सहयोग पुर्‍याउने जनाइएको छ ।