पञ्चाङ्गनिर्णायक समितिका अधिकांश सदस्यहरूलाई यो दिनरातको प्रक्रिया के हो पञ्चाङ्ग निरयणपद्धतिले साधन किन गरिन्छ भन्ने कुराको केही पनि पत्तो छैन । त्यसैले पञ्चाङ्ग बनाउने समयमा उहाँहरू बोल्न नसक्नु पनि यही कारण हो । उहाँहरूले कमसेकम हाम्रा गणितीय प्रक्रियाका विषयहरूलाई नसपारे पनि विगार्न चाहिँ विगार्नुभएको छैन । यसप्रति पनि उहाँहरूलाई हार्दिक बधाइ छ । तर पनि तपाइँहरू पनि अब जागेर गुह्य कुरो बुझेर विग्रेकालाई बनाउनतिर लाग्न परो ।