परमात्माको सृष्टि अद्भुत छ, यहाँ अनन्त जीवात्माहरु छन् । हरेक जीवका भिन्नाभिन्नै शरीर छन् , आहारा छुट्टै छ, कोही विवेकी छन् त कोही अविवेकी । मानव यस्तो प्राणी हो जसमा विवेक छ, ज्ञान छ, सीप छ, उर्जा छ, दूरदृष्टि छ ।