नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्म जयन्तीमा नेपाली शिक्षा परिषद्ले पूज्यपाद स्वामीजीलाई "आदिकवि भानुभक्त पुरस्कार" प्रदान गर्यो। स्वामीजी हरिहर सन्न्यास आश्रमका पीठाधीश, परमानन्द संस्कृत गुरुकुल विद्यापीठका अध्यक्ष र नेपाल सन्त समाजका अध्यक्ष हुनुहुन्छ ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्म जयन्तीको अवसरमा नेपाली शिक्षा परिषद्ले एक विशेष कार्यक्रमको आयोजना गर्यो।
यस अवसरमा हरिहर सन्न्यास आश्रमका पीठाधीश, परमानन्द संस्कृत गुरुकुल विद्यापीठका अध्यक्ष तथा नेपाल सन्त समाजका अध्यक्ष पूज्यपाद स्वामीजीलाई प्रतिष्ठित "आदिकवि भानुभक्त पुरस्कार" प्रदान गरिएको छ।
यो पुरस्कार नेपाली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई प्रदान गरिने गरिन्छ।
पूज्यपाद स्वामीजीको बहुआयामिक योगदानको कदर गर्दै र गुरुकुल शिक्षामा पुर्याउनुभएको विशिष्ट योगदानका निम्ति सो पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा उपस्थित विशिष्ट व्यक्तित्वहरूले भानुभक्त आचार्यको योगदानको स्मरण गर्दै नेपाली भाषा र साहित्यको संरक्षण र संवर्द्धनमा सबैको सहयोग आवश्यक रहेको बताए।
Comments 0