April 19, 2026

टि–२० विश्वकपको फाइनल आज , भारत र दक्षिणअफ्रिका भिड्ने

June 29, 2024
1Min Read
897 Views

आइसिसी टि–२० विश्वकप २०२४ को फाइनल खेल आज साँझ हुनेछ। उपाधिका लागि भारत र दक्षिणअफ्रिका भिड्ने छन्।

आइसिसी टि–२० विश्वकप २०२४ को फाइनल खेल आज साँझ हुनेछ। उपाधिका लागि भारत र  दक्षिणअफ्रिका भिड्ने छन्। गुयनामा शुक्रबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनमा पुगेको हो।

त्यसअघि भएको पहिलो सेमिफाइन खेलमा दक्षिणअफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हराउँदै विश्वकपको फाइनलमा पुगेको हो।
 
खेल बार्बाडोसको केन्सिङ्टन ओभल, ब्रिजटाउनमा हुनेछ ।

 

सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई हराउँदै भारत तेस्रो पटक फाइनलमा प्रवेश गरेको हो ।  दक्षिण अफ्रिकाले पहिलो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो । भारतीय टोलीले आफंना सबै सात खेल जितेको छ ।

भारत र दक्षिण अफ्रिकाबीच २६ टी–२० अन्तर्राष्ट्रिय खेल भएका थियो। जसमध्ये भारतले १४ वटा जितेको छ भने दक्षिण अफ्रिकाले ११ खेल जितेको थियो।

Leave a Comment
Comments 1

dOvwxlmFwxZdMAstoGeUz

1 month ago

mkEdXDbbmAvOHAxnFKCgJim

logo-img Basistha

All Rights Reserved © 2026 Basistha