सबैकाे ध्यान संस्कृत शिक्षा तथा वटुकहरुप्रति
सबैकाे ध्यान संस्कृत शिक्षा तथा वटुकहरुप्रति
दाङ महिला जेसीजकाे सप्ताह कार्यक्रम संस्कृत गुरुकुल उत्तरवाहिनीमा
सनातन वैदिक सभ्यता र संस्कृतिकाे संरक्षण तथा त्यसकाे निरन्तरताकालागि घाेराही ७ शुक्रवार उत्तरवाहिनी स्थित संस्कृत गुरुकुलमा दाङ महिला जेसीजकाे सप्ताहब्यापी कार्यक्रम अन्तर्गत आज भाद्र ७ गतेकाे कार्यक्रम संस्कृत गुरुकुलमा अध्ययनरत वटुकहरुकालागि शैक्षिक सामग्री सहित खाद्यान्न वितरण गरिएकाे छ ।दाङ महिला जेसीजकि अध्यक्ष जुन कुमारी बुढाकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम नेपाल महिला सामुदायीक सेवा केन्द्र संस्थाकि संस्थापक अध्यक्ष समाजसेवी विमला याेगीज्यूकाे प्रमुख उपस्थितिमा भएकाे छ ।संस्थाले हरेक बर्ष आफ्ना कार्यक्रमहरु समाज विकास तथा रुपान्तरणकालागि विधिकाे शासन स्थापनाकालागि शासन व्यक्तिकाे नभई विधिकाे हुनुपर्दछ भन्ने मूल नारालाई सार्थक बनाउँदै आज उत्तरवाहिनी दाङमा आईपुगेकाे हाे । पछिल्लाे समय दिन प्रतिदिन प्रगतितर्फ अगाडि बढिरहेकाे दाङकाे यस उत्तरवाहिनी क्षेत्रकाे दर्शन तथा अबलाेकन गर्न पाउँदा सबैकाे मन प्रशन्न थियाे ।जेसि संगिता राेकायाकाे संयाेजकत्वमा संचालित खाद्यान्न सहयाेग कार्यक्रममा जेसी अर्चना शर्मा,जेसी भीमा डि सि ,जेसी माया कुमारी चाैधरी ,जेसी दिलु मल्ल,जेसी अनिता खनालकाे सहभागिता थियाे सप्ताह कार्यक्रमका बारेमा जानकारी मूल संयाेजक जेसी मीना भण्डारी वलीले गराउनु भएकाे थियाे भने गुरुकुलका तर्फबाट गुरुआमा सन्ताेषी सुवेदीबाट सहयाेग तथा सद्भावकालागि गुरुकुल तथा आश्रमकाे तर्फबाट धन्यवाद सहित आभार व्यक्त गर्नु भयाे ।
Like
Dislike
Love
Angry
Sad
Funny
Wow
Comments 0